Logo

Sep 01 2025 | २०८२, भदौ १६गते

Sep 01 2025 | २०८२, भदौ १६गते

images

सुनको मुल्यमा बढेर फेरि नयाँ रेकर्ड कायम ग-यो , तोलाको २ लाख ३ हजार ६ सय रुपैयाँ

सुनको मुल्यमा बढेर फेरि नयाँ रेकर्ड कायम ग-यो , तोलाको २ लाख ३ हजार ६ सय रुपैयाँ

  • काठमाडौँ । सुनको मुल्यमा बढेर फेरि नयाँ रेकर्ड कायम भएको छ । ३ हजारको मूल्य वृद्धि भई  तोलाको २ लाख ३ हजार ६ सय रुपैयाँ   कायम भएको हो ।  शुक्रबार प्रतितोला २ लाख नाघेको सुन आतबार थप महँगिएको छ । आज एकै दिन सुन तोलामा ३ हजार रुपैयाँ बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ३ हजार ६ सय रुपैयाँ तोकेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो कारोबार दिन २ लाख ६ सय रुपैयाँ थियो ।

    उता चाँदीको मूल्यमा पनि रेकर्ड बनेको छ । आज एकै दिन चाँदी प्रतितोला ६५ रुपैयाँ बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला २४२५ रुपैयाँ पुगेको छ। यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिन २३६० रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij