Logo

Sep 01 2025 | २०८२, भदौ १६गते

Sep 01 2025 | २०८२, भदौ १६गते

images

मिस नेपाल २०२५को उपाधि लुना लुइँटेललाई

मिस नेपाल २०२५को उपाधि लुना लुइँटेललाई

  • काठमाडौँ  ।  द हिडन ट्रेजरले आयोजना गरेको मिस मिस नेपाल २०२५   २६ वर्षीया लुना लुइँटेल घोषित भएकी छन् । आयोजक संस्था द हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३१ औं संस्करणमा २५ प्रतियोगीलाई पछाडि पार्दै लुनाले मिस नेपाल वल्र्डको ताज पहिरेकी हुन् ।

    ‘मिस नेपाल वल्र्ड २०२४’ आश्मा कुमारी केसीले लुनालाई मिस नेपाल वल्र्ड २०२५ को ताज पहि¥याइ दिइन् । ‘युनिभर्सिटी अफ सिड्नी’बाट पब्लिक हेल्थमा स्नातकोत्तर अध्ययनरत लुना यसअघि सन् २०१५ मा मिस टिनको पहिलो उपविजेता बनेकी थिइन् । लुना ‘लर्न अर्न एण्ड रिटर्न’ अर्थात् ‘सिक, कमाई र फिर्ता गर’ भन्ने अवधारणामा विश्वास गर्छिन् ।

    सोही प्रतियोगितामा दीपशिखा नेपाल, ‘मिस नेपाल कस्मो’को ताजसहित पहिलो उपविजेता बनिन् । शनिबार गोदावरी सनराइज कन्भेनसन सेन्टरमा आयोजित मिस नेपालको ग्रान्ड फिनालेमा उरुषा भण्डारी उपविजेता बन्दै ‘मिस नेपाल इन्टरनेसनल’को ताज जितिन् । जापानमा हुने मिस इन्टरनेसनलमा उनले नेपालको तर्फबाट प्रतिनिधित्व भएकी छिन् । त्यस्तै, सोनी घले प्रतियोगितामा ‘मिस नेपाल अर्थ २०२५’ घोषित भइन् ।

    अन्य उपाधितर्फ ‘मिस कन्फिडेन्ट’को उपाधि प्रज्ञिका क्षेत्रीले जितिन् । उरुषा भण्डारीले ‘मिस टाइमलेस एलिगेन्स’ र ‘रियल मिस पपुलर च्वोइस’ गरेर एकसाथ दुई उपाधि जितिन् । साइच्छा थापाले ‘डाबर बाटिका मिस ब्यूटिफूल हेयर’ जित्दा ‘मिस हेल्थी स्किन’को उपाधि आरती थापाले पाइन् ।

    सोही गरी  ‘बिवाइडी मिस ग्रीन भिजनरी’को उपाधि जग्दिश्वरी शाहले पाइन भने ‘एन्बियो मिस प्रिस्टिन’ प्रियांका थापाले पाइन् ।कार्यक्रममा लुना लुइँटेलले ‘मिस डिएचआई’, दीपशिखा नेपालले ‘नेसनल लाइफ मिस इम्पावर्ड च्वोइस’ र स्मृति श्रेष्ठले ‘फारमसी फेस अफ दि इयर २०२५’को उपाधि जितिन् । स्मृतिले यो सहित मिस फोटोजेनिकको उपाधि पनि हात पारिन् ।
    श्रृष्टीकुमारी तामाङले ‘एनसेल मिस ब्यूटी विथ पर्पज’ जितिन् । स्रुति महर्जनले क’द काठमाडौं पोस्ट मिस इन्टेलेक्चुअल’ उपाधि जितिन् । निलिमा पाण्डेले ‘यति वुमन विथ विङ्गस’को उपाधि जितिन् ।

    अन्तिम शीर्ष चारले भने दिइएको प्रश्नको उत्तर लेखेर सुनाउनु पर्ने थियो । शीर्ष ४ मा छानिएका उरुषा भण्डारी, लुना लुइँटेल, सोनी घले र दीपशिखा नेपाललाई आयोजकले एउटै प्रश्नको जवाफ सोधेका थिए । ‘यदि तपाईंले सौन्दर्य प्रतियोगिताबारे एउटा धारणा परिवर्तन गर्न सक्नुहुन्छ भने त्यो कुन हो र किन ?’ भन्ने प्रश्नमा सुन्दरीहरुले फरक–फरक विचारसहितको जवाफ दिए ।

    प्रतियोगिताको निर्णायकमा द हिडन ट्रेजरका अध्यक्ष अजयरत्न स्थापित, मिस नेपाल वल्र्ड २०१८ श्रृंखला खतिवडा, हिमालय टेलिभिजनका अध्यक्ष श्याम कँडेल, अभिनेत्री आना शर्मा, कान्तिपुर मिडिया ग्रुपका सीईओ महेश स्वाँर, अरेता पब्लिक रिलेसनका सीईओ रुची पाण्डे, साइमेक्सका सीईओ शाहिल श्रेष्ठ, मिस नेपाल अर्थ २०१८ प्रिया सिग्देल, मिस्टर नेपाल २०२३ समर्पण जंग कार्की, डा. श्रृष्टी श्रेष्ठ प्रजापति, डिजाइनर मनिश राई सहभागी थिए । प्रतियोगिताको अन्तमा दीपशिखा र लुनालाई एकअर्काको आमुन्ने सामुन्ने उभ्याइएको थियो । उनी दुईमै मिस नेपाल २०२५ को विजेता घोषणा गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij