Logo

Oct 22 2025 | २०८२, कात्तिक ५गते

Oct 22 2025 | २०८२, कात्तिक ५गते

images

दुग्ध विकास संस्थान अगाडि भुक्तानी दिन गरेको दुध उत्पादकहरूको प्रदर्शनमा प्रहरी हस्तक्षेप

दुग्ध विकास संस्थान अगाडि भुक्तानी दिन गरेको दुध उत्पादकहरूको प्रदर्शनमा प्रहरी हस्तक्षेप

  • काठमाडौँ  । दूध उत्पादक किसानहरुले काठमाडौंमा गरेको प्रदर्शन गरेको छ । प्रहरीले काठमाडौंको लैनचौरस्थित दुग्ध विकास संस्थानको कार्यालय अगाडि गरिएको प्रदर्शनमो हस्तक्षेप गरेको हो ।

    दुग्ध विकास संस्थान लगायतका सम्बन्धित निकायलाई दूधको मूल्य भुक्तानीका बारेमा पटक–पटक ध्यानाकर्षण गराउँदै आउँदा पनि सम्बोधन नभएपछि अखिल नेपाल किसान महासंघको अगुवाइमा किसानहरुले यो प्रदर्शन गरेका हुन् ।

    उनीहरूले लैनचौरस्थित डीडीसी कार्यालय अगाडि प्रदर्शनसहित धर्ना दिन खोजेका थिए ।प्रदर्शनमा काभ्रे, नुवाकोट, धादिङ लगायत काठमाडौं उपत्यका र आसपासका किसानहरुको सहभागिता रहेको थियो ।

    उनीहरुले ‘दूधको बक्यौता रुकम तुरुन्त भुक्तानी गर’, ‘दूध सडकमा फाल्नुपर्ने परिस्थितिबाट किसानलाई मुक्त गर’, ‘दूग्ध विकास संस्थान किन सधैं घाटामा ?’ ‘दुग्ध उत्पादक किसान मार्न पाइँदैन’ लगायतका नारा लेखेका प्लेकार्ड बोकेर प्रदर्शन गरे  छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij