Logo

Oct 19 2025 | २०८२, कात्तिक २गते

Oct 19 2025 | २०८२, कात्तिक २गते

images

नेचुरल स्प्रिट्स नेपालले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने , बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

नेचुरल स्प्रिट्स नेपालले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने , बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

  •  


    काठमाडौं । नेचुरल स्प्रिट्स नेपालले सर्वसाधारणका लागि आईपीओ (प्रारम्भिक सार्वजनिक निष्काशन) ल्याउने भएको छ। कम्पनीले जारी पूँजीको २० प्रतिशत (१५ लाख कित्ता साधारण सेयर) बिक्रीमा राख्ने योजना गरेको हो।

    निष्काशन प्रक्रियाका लागि कम्पनीले मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ। यस सम्बन्धी सम्झौतापत्रमा नेचुरल स्प्रिट्स नेपालका अध्यक्ष असिम सिटौला र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन्।

    विसं २०७१ मङ्सिर १४ गते स्थापना भएको नेचुरल स्प्रिट्स नेपाल हाल नेपालको तीव्र गतिमा बढ्दो मदिरा उत्पादन कम्पनीका रूपमा परिचित छ। कम्पनीको उत्पादन कक्ष धादिङको गल्छी गाउँपालिकामा र केन्द्रीय कार्यालय काठमाडौंको हाँडीगाउँमा अवस्थित छ।

    कम्पनीको वार्षिक उत्पादन क्षमता १ करोड २० लाख लिटर रहेको छ। हाल यसले सरंगी ह्विस्की ४० अप र सेतो बाघ भोड्का ३० अप नामक दुई प्रमुख उत्पादनमार्फत वार्षिक १ लाख ३४ हजार २९८ लिटर मदिरा उत्पादन गरी बजारमा उपलब्ध गराइरहेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij