Logo

Oct 19 2025 | २०८२, कात्तिक २गते

Oct 19 2025 | २०८२, कात्तिक २गते

images

अप्पर स्याङ्गे हाईड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

अप्पर स्याङ्गे हाईड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

  •  

    काठमाडौं । अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ। भदौ ११ गते बसेको सञ्चालक समितिको बैठकले उक्त प्रस्तावसहित नवौं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो। साधारण सभा चप्पल कारखाना चोक, काठमाडौंमा बिहान १० बजे बस्नेछ। सभाले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने र त्यसका लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय गर्नेछ। साथै, हकप्रदपछि पूँजी वृद्धि हुने भएकाले सोही अनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

    यससँगै गत आर्थिक वर्ष ०८१र८२ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरण पारित गर्ने, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने विषयमा पनि निर्णय हुनेछ। यस्तै, संस्थापक शेयरधनीहरूको तर्फबाट चार जना सञ्चालक निर्वाचन गर्ने कार्यक्रम पनि साधारण सभाले तय गरेको छ। साधारण सभा प्रयोजनका लागि कम्पनीले भदौ २३ गते एक दिन बुक क्लोज गर्ने भएको छ, जसअनुसार भदौ २२ गतेसम्म कायम रहेका शेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij