Logo

Sep 03 2025 | २०८२, भदौ १८गते

Sep 03 2025 | २०८२, भदौ १८गते

images

बचत तथा ऋण सहकारी संस्थाहरूलाई साधारण सभाको उद्घाटन सत्रमा फजुल खर्च नगर्न प्राधिकरणको निर्देशन

बचत तथा ऋण सहकारी संस्थाहरूलाई साधारण सभाको उद्घाटन सत्रमा फजुल खर्च नगर्न प्राधिकरणको निर्देशन

  • काठमाडौँ । सहकारी संस्थाहरूलाई साधारण सभाको उद्घाटन सत्रमा खर्च नगर्न निर्देशन दिइएको छ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले सहकारी संस्थाहरूका लागि ८ बुँदे निर्देशन जारी गरेको हो । सहकारी प्राधिकरणले  बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको साधारण सभा सञ्चालनमा कडाइ गर्न ८ बुँदे निर्देशन जारी गरेको छ । 

    साधारण सभामा गैर सदस्य व्यक्ति वा पदाधिकारीलाई आमन्त्रण गरी उद्घाटन सत्र, आसन ग्रहण वा अतिथिका मन्तव्य जस्ता औपचारिक कार्यक्रममा समय व्यतित नगरी सिधै साधारण सभाको छलफल एजेन्डामा प्रवेश गर्नुपर्ने पनि निर्देशनमा जनाइएको छ । यसैगरी  बचतकर्ताको हितलाई मध्यनजर गरी संस्थामा मितव्ययिता कायम गर्न साधारण सभामा उद्घाटन , अतिथि सत्कार, यातायात खर्च, सहभागी भत्ता, अतिथि उपहार, भोज भतेर (आवश्यकताअनुसार सदस्यहरूको सामान्य खाजा खाना बाहेक) जस्ता क्रियाकलापमा फजुल खर्च नगराउन प्राधिकरणको  निर्देशनमा जनाइएको छ ।

    बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको साधारण सभामा सहकारी संस्थाको दर्ता, नियमन, अनुगमन वा सुपरीवेक्षणसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सम्बन्धित कुनै पनि निकायका गैर सदस्य कर्मचारी वा पदाधिकारी सहभागी नगराउन निर्देशन गरिएको छ । यदि यस विपरीत त्यस्ता पदाधिकारीहरूको सहभागितालाई स्वार्थको द्वन्द्व मानिने प्राधिकरणले निर्देशनमा प्रष्ट पारेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij