
काठमाडौँ । भारतको कर समायोजनले नेपालको अर्थतन्त्रमा प्रभाव पर्नु स्वाभाविक हुने विज्ञ पर्यवेक्षकहरूले बताएका छन् । नेपाली अर्थतन्त्रको दुई तिहाइ हिस्सा भारतीय बजारमा निर्भर रहेकाले भारतमा कर समायोजनले असर पर्ने स्वाभाविक भएको उनीहरूले प्रष्ट्याएका हुन् ।
अमेरिकाले भारतमा उत्पादित वस्तुहरूको अमेरिकी आयातमा अतिरिक्त भन्सार ( ट्यारिफ) बढाएपछि दबाबमा परेको भारतले कर समायोजनको नीति लिएको छ । भारतको सो कर समायोजन नीतिमा बहुदरको गुड्स एन्ड सर्भिसेज ट्याक्स (जीएसटी) प्रणाली भित्रका चार स्ल्याबलाई घटाएर दुई स्ल्याबमा समायोजन गरिएको छ । भारतले साधारण वस्तुमा कर कम र लग्जरी वस्तुमा कर बढी गर्ने योजना बनाएको हो।
अमेरिकाको अतिरिक्त भन्सार कर नीतिको जवाफ दिन भारतले यस्तो नीति अपनाएको छ । जीएसटी प्रणालीका चार स्ल्याब दुईमा झारी ५ प्रतिशत र १८ प्रतिशत लागू गर्ने निर्णय गरेको हो । जहाँ साधारण वस्तुमा कर कम र लग्जरी वस्तुमा कर बढी गर्ने गरिएको छ। यसले नेपालबाट निर्यात हुने निम्न वस्तुमा लाग्ने जीएसटी दरमा उल्लेख्य कमी आउनेछ।
भारतबाट आयात हुने वस्तुमा आधारित नेपालको अर्थतन्त्रमा भारतको यो फेरबदलले प्रत्यक्ष प्रभाव पार्ने निश्चित भएको विज्ञ पर्यवेक्षकहरू बताउँछन् । कृषि उपजदेखि गाडीसम्ममा लाग्ने जीएसटी कर घटाइएपछि नेपालमा उत्पादन हुने कृषि वस्तुले बजार गुमाउन सक्ने देखिएके छ । यसबाट व्यापार घाटा झन् बढ्ने चिन्ता बढाएको छ ।
यसैगरी, भारतले दैनिक उपभोग्य वस्तु (कपालको तेल, साबुन, स्याम्पु, टुथपेस्ट, साइकल) र भान्साका सामानमा जीएसटी १८ प्रतिशत वा १२ प्रतशितबाट घटेर ५ प्रतिशतमा झरेको छ । सोहीगरी घरेलु उपकरण २ इन्चसम्मका टिभी र भाँडा धुने मेसिन, एयर कन्डिसनरको जीएसटीमा २८ प्रतिशतबाट १८ प्रतिशतमा झारिएको छ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको स्वतन्त्रता दिवसको अवसरमा सम्बोधन गर्ने क्रममा दिवाली उपहार स्वरूप जीएसटीका दरहरूको समायोजन सम्बन्धी घोषणा गरेका थिए । यसले नेपालमा आयात गर्ने सामान मूल्य केही सस्तो हुने देखिएको छ । भने नेपालबाट भारतमा आयात हुने वस्तुको मूल्य बढ्ने देखिन्छ । यसको स्वाभाविक परिणाम भनेको व्यापार घाटा झन् बढ्नु नै हुने छ ।भारतको कर समायोजनको दबाबको उपाय खोज्नुपर्ने आवश्यकतामा विज्ञहरूको सुझाउ रहेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij