Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

सिटी होटल लिमिटेडले भदौ २३ देखि ८०% हकप्रद शेयर निष्काशन सुरु

सिटी होटल लिमिटेडले भदौ २३ देखि ८०% हकप्रद शेयर निष्काशन सुरु

  • काठमाडौँ ।सिटी होटल लिमिटेड (CITY) ले आज (भदौ २३ गते) देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ८० प्रतिशत बराबर हकप्रद शेयर जारी गर्न लागेको हो।

    यसअनुसार, हाल कायम १० कित्ता शेयर बराबर नयाँ ८ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन हुनेछ। कम्पनीले १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ बराबरको, प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद शेयर जारी गर्दैछ।

    यस प्रयोजनका लागि कम्पनीले साउन २७ गते बुकक्लोज गरेको थियो। त्यसैले साउन २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले मात्र आवेदन दिन सक्नेछन्। हकप्रदमा आवेदन दिने अन्तिम मिति असोज १२ गते तोकिएको छ।

    रेटिङ्गका आधारमा, केयर रेटिङ्ग नेपालले कम्पनीलाई CARENP Double B Minus (Issuer Rating) प्रदान गरेको छ, जसले समयमा वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ।

    हकप्रद शेयरको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले प्रभु क्यापिटलका साथै प्रभु बैंकका इलाम, जाउलाखेल, वीरगञ्ज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखाबाट पनि आवेदन दिन सक्नेछन्। साथै, C-ASBA प्रणाली प्रयोग गरी बैंक तथा वित्तीय संस्थाबाट वा मेरो शेयर अनलाइनमार्फत पनि आवेदन दिन सकिन्छ।

    हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँ छ। हकप्रद निष्काशन तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब १ करोड ३२ लाख रुपैयाँ पुग्नेछ।

    संकलित रकम कम्पनीले ऋण भुक्तानी गर्न प्रयोग गर्ने जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij