Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

आज काठमाडौंमा जेनजी पुस्ताको आन्दोलन, माइतीघरबाट बानेश्वरसम्म मार्च

आज काठमाडौंमा जेनजी पुस्ताको आन्दोलन, माइतीघरबाट बानेश्वरसम्म मार्च

  • काठमाडौं।जेनजी पुस्ता (सन् १९९७–२०१२ बीच जन्मिएका) ले आज (सोमबार) बिहान ९ बजेदेखि काठमाडौंको माइतीघरमा भ्रष्टाचारविरुद्ध र सामाजिक सञ्जाल बन्दको विरोधमा आन्दोलन सुरु गरेका छन्।

    जिल्ला प्रशासन कार्यालय काठमाडौंले शान्तिपूर्ण प्रदर्शन गर्न अनुमति दिएको छ। प्रमुख जिल्ला अधिकारी छवि रिजालले निषेधित क्षेत्रबाहेक प्रदर्शनमा रोक नभएको र आवश्यक परे प्रहरी संख्या बढाइने बताए।

    प्रदर्शनकारीहरू बिहानैदेखि माइतीघरमा भेला भएका छन्। सहभागी युवाहरूले आन्दोलनलाई शान्तिपूर्ण र स्वतःस्फूर्त बनाउन योजना बनाएका छन्। उनीहरू भाषण नगरी नाचगान र सिर्जनात्मक कार्यक्रम गरेर आवाज उठाउने तयारीमा छन्।

    आन्दोलनका क्रममा बिहान ११ बजेतिर प्रदर्शनकारीहरूले माइतीघरबाट बानेश्वरसम्म मार्च गर्ने कार्यक्रम रहेको छ।

    यसअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत आन्दोलनलाई समर्थन जनाएका छन् तर व्यक्तिगत रूपमा सहभागी नहुने बताएका छन्।

    यस्तै, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले पनि आन्दोलनमा सहभागी हुने घोषणा गरेका थिए। तर प्रसाईं हालै राजावादी आन्दोलनमा सक्रिय र पार्टी खोल्ने तयारीमा रहेकाले जेनजी युवाहरूले विरोध जनाउँदै उनलाई कार्यक्रममा नआउन अनुरोध गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij