Logo

Nov 01 2025 | २०८२, कात्तिक १५गते

Nov 01 2025 | २०८२, कात्तिक १५गते

images

जेन–जी आन्दोलन: प्रहरी गोली प्रहारमा १६ जनाको मृत्यु, १०० भन्दा बढी घाइते

जेन–जी आन्दोलन: प्रहरी गोली प्रहारमा १६ जनाको मृत्यु, १०० भन्दा बढी घाइते

  •  

    काठमाडौं – प्रहरीको गोली लागेर जेन–जी प्रदर्शनमा हालसम्म १६ जनाको मृत्यु भएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवं वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनालका अनुसार मृतकमध्ये राष्ट्रिय ट्रमा सेन्टरमा ७, सिभिल अस्पतालमा ३, एभरेष्ट अस्पतालमा ३, केएमसी अस्पतालमा २ र टिचिङ अस्पतालमा १ जनाको मृत्यु भएको हो।

    प्रदर्शनका क्रममा कुल १३३ जना घाइते भएका थिए। उनीहरूमध्ये ३३ जना उपचारपछि घर फर्किएका छन् भने बाँकी १०० जनाको विभिन्न अस्पतालमा उपचार जारी छ। घाइतेमध्ये १९ जना नेपाल प्रहरीका रहेका छन्।

    एसएसपी खनालका अनुसार, बानेश्वर क्षेत्रमा प्रदर्शन अझै जारी छ। प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्ने प्रयास गरिरहेको छ। बानेश्वरमा कर्फ्यु आदेश जारी भए पनि प्रदर्शनकारीहरू पछि हटेका छैनन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij