Logo

Sep 09 2025 | २०८२, भदौ २४गते

Sep 09 2025 | २०८२, भदौ २४गते

images

सभाखोला–लेगुवा सडकखण्डमा आगामी असोज १ देखि ‘टाइम कार्ड’

सभाखोला–लेगुवा सडकखण्डमा आगामी असोज १ देखि ‘टाइम कार्ड’

  •  
    किमाथाङ्का । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको सभाखोला–लेगुवा सडकखण्डमा सवारी दुर्घटना रोकथाम तथा यातायात व्यवस्थापनका लागि टाइम कार्ड लागू गरिने भएको छ । आज जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले पहिलोपटक सभाखोला–लेगुवा सडकखण्डमा कार्ड लागू गर्ने निर्णय गरेको हो । 
     
    चाडपर्वको समयमा गन्तव्यस्थलमा छिटो पुग्ने बहानामा तीव्रगतिमा सवारी चलाउने प्रवृत्ति निरुत्साहन गर्न टाइम कार्ड लागू गर्ने निर्णय गरेको प्रशासन कार्यालयले जनाएको छ ।
     
    सो सडकखण्डको १७।५ किमी सडकमा ४५ मिनेट समय कायम रहने प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले बताउनुभयो । उहाँका अनुसार निर्णय आगामी असोज १ गतेदेखि कार्यान्वयन गरिने छ । 
     
    जिल्लामा दैनिक दुई सय यात्रुवाहक तथा मालवाहक सवारीसाधन आवतजावत गर्छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij