Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

जेन–जी आन्दोलन : बैंक नखुल्ने, सेयर बजार पनि बन्द

जेन–जी आन्दोलन : बैंक नखुल्ने, सेयर बजार पनि बन्द

  • काठमाडौं । काठमाडौंको चक्रपथ क्षेत्रभित्र अनिश्चितकालीन कर्फ्यु जारी भएसँगै बैंक तथा वित्तीय संस्थाका कार्यालय पनि बन्द हुने भएका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्यु आदेश जारी गरेका क्षेत्रमा बैंक तथा वित्तीय संस्थाका कार्यालय सञ्चालन नहुने भएका हुन्।

    प्रशासनले बिहान साढे ८ बजेदेखि लागू हुने गरी चक्रपथ क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरेको छ। कर्फ्यु क्षेत्रभित्र बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोंगबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै बागमती नदी पुलसम्मको सम्पूर्ण भूभाग कभर गरिएको छ।

    नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता सुमन न्यौपानका अनुसार, कर्फ्यु क्षेत्रभित्र बैंकका कार्यालय नखुल्ने भए पनि डिजिटल सिस्टममार्फत काम गर्ने कर्मचारीहरू आन्तरिक रूपमा बैंकमा काम गर्न सक्नेछन्। “सकेसम्म कर्फ्यु क्षेत्रमा शाखा र एटीएममा कर्मचारी नजान भनिएको छ। अत्यावश्यक भएमा मात्र स्थानीय प्रशासनको समन्वयमा जान सकिन्छ,” उनले बताए।

    राष्ट्र बैंकका अनुसार अत्यावश्यक पेमेन्ट सिस्टमहरू भने राष्ट्रियस्तरमा चल्नेछन्।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा पनि आज सेयर कारोबार स्थगन गरिएको छ। नेप्सेका सहायक प्रबन्धक निरन्जय फुयालका अनुसार, प्रशासनको कर्फ्यु आदेश र धेरै लगानीकर्ताको अनुरोधका कारण भदौ २४ गतेको सम्पूर्ण सेयर कारोबार रोकिएको छ।

    कर्फ्यु क्षेत्रभित्र आवतजावत, भेला, जुलुस, सभा, बैठक र घेराउ गर्न प्रतिबन्ध छ। तर, अत्यावश्यक सेवाका सवारी साधन, एम्बुलेन्स, दमकल, स्वास्थ्यकर्मीका सवारी साधन, सञ्चारकर्मी, पर्यटक सवारी, मानवअधिकार तथा कुटनीतिक नियोगका सवारी साधन, र हवाई यात्रुका लागि सुरक्षाकर्मीबाट सहजीकरण हुनेछ।

    नेपाल धितोपत्र बोर्डको कार्यालय भने खुला रहने जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij