Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

कृषि मन्त्री रामनाथ अधिकारीले दिए राजीनामा

कृषि मन्त्री रामनाथ अधिकारीले दिए राजीनामा

  • काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले यो कदम हिजोको जेनजी प्रदर्शनमा भएको दमन र हिंसाप्रति आफ्नो आक्रोश व्यक्त गर्दै उठाएका हुन्।

    सामाजिक सञ्जालमार्फत् मन्त्री अधिकारीले बताएका छन् कि, “देश निर्माण गर्न सहकार्य गर्नुपर्ने पुस्तासँग युद्धजस्तो व्यवहार गरिएको छ। यसको जवाफ नखोजी सत्तामा बस्नु मेरो लागि असह्य भयो। स–साना बालबालिकाको हत्या र दमनपछि देश शोकाकुल बनेको अवस्थामा सरकारमा बसिरहन मेरो नैतिकता र दलले प्रदान गरेको शिक्षाको विपरित हुन्छ।”

    अधिकारिले आफ्नो पद त्याग्दै देश र जनतासमक्ष नैतिक रूपमा क्षमायाचना गर्दै सरकारको कदमप्रति आपत्ति जनाएका छन्। उनले भनेका छन् कि लोकतन्त्रमा प्रश्न सोध्नु र शान्तिपूर्ण विरोध गर्नु नागरिकको प्राकृतिक अधिकार हो, तर त्यसको सट्टा हिंसा र दमन गरिएको घटनाले आफूलाई राजीनामा दिन बाध्य बनाएको छ।

    यससँगै अधिकारीको राजीनामा सरकार र राजनीतिक वातावरणमा थप चासोको विषय बन्न पुगेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij