
काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले पदबाट राजीनामा दिने घोषणा गरेका छन्। सोमबारको घटनापछि सरकारमा बसिरहन उपयुक्त नदेखिएको भन्दै उनले राजीनामा दिन लागेको बताएका हुन्।
आन्दोलनमा १९ जनाको ज्यान गएको र परिस्थिती नियन्त्रणबाहिर जाँदै गएको अवस्थामा मन्त्री यादवले नैतिक जिम्मेवारी स्वरूप पद त्याग्ने निर्णय गरेको बताइएको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij