Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

प्रधानमन्त्री ओली राजीनामाको तयारीमा, देशभर आन्दोलन चर्किँदै

प्रधानमन्त्री ओली राजीनामाको तयारीमा, देशभर आन्दोलन चर्किँदै

  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामाको तयारी गर्नुभएको खुलासा भएको छ। सोमबार जेनजी आन्दोलनमा सरकारले बल प्रयोग गर्दा १९ जनाको मृत्यु भएपछि आज बिहानैदेखि देशभर आन्दोलन थप चर्किएको हो।

    प्रधानमन्त्री ओलीको निजी निवास बालकोट, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठ, र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन्। त्यस्तै, कांग्रेस र एमालेको केन्द्रीय कार्यालयमा समेत प्रदर्शनकारीले आगो लगाएका छन्।

    स्थिति सरकारले नियन्त्रण गर्न नसकेपछि प्रधानमन्त्री ओलीले राजीनामा दिने तयारी गर्नुभएको स्रोतको दाबी छ। स्रोतका अनुसार, “प्रधानमन्त्रीज्युले आजै राजीनामा गर्नेबारे निकटस्थहरूसँग छलफल गर्नुभएको छ।”

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij