
काठमाडौँ ।जेनजी आन्दोलनको क्रममा एमाले नेता गोकुल बास्कोटाको निवासमा प्रदर्शनकारीहरूले तोडफोड गरेका छन्। राजधानीसहित देशभर फैलिएको प्रदर्शनका क्रममा विभिन्न नेताको घर र पार्टी कार्यालयमा आगजनी तथा तोडफोड हुने घटनाहरू बढ्दै गएको छ।
सोमबारको प्रदर्शनमा १९ जनाको मृत्यु भएपछि आज प्रदर्शन थप उग्र बनेको हो। प्रहरीले स्थिति नियन्त्रणमा लिन प्रयास गरिरहेको भए पनि आन्दोलनकारीहरूले केही महत्वपूर्ण व्यक्तिको निवास तोडफोड गर्ने घटनाहरू भइरहेका छन्।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij