
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले जेनजी पुस्ताले गरेको आन्दोलनमा भएका घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ। पूर्वराजाको संवाद सचिवालयले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ कि जेनजी युवा–युवतीहरूले देश र समाजका लागि केही राम्रो गर्न भन्ने उद्देश्यले विरोध प्रदर्शन गरेका हुन्।
विज्ञप्तिमा भनिएको छ, “युवा पुस्ताका जायज मागलाई सम्बोधन नगरी ज्यान लिनु र सयौँलाई घायल पार्नु अत्यन्त दुःखद् एवं निन्दनीय कार्य हो। यो घटना शान्ति प्रिय नेपाली समाजको मान्यता विपरीत रहेको छ।”
घटनामा ज्यान गुमाएका होनहार आत्माप्रति पूर्वराजा र पूर्वराजपरिवारका सदस्यहरूले हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् भने घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।
पूर्वराजाले विज्ञप्तिमार्फत आग्रह गरेका छन् कि पछिल्लो पुस्ताको आन्दोलन हिंसात्मक, अराजक र बाह्य घुसपैठबाट प्रभावित नहोस्। साथै, हाल उठिरहेका सुशासन र आर्थिक अनियमितताको समस्या ध्यानमा राख्दै देशभित्रबाट समाधान निकालियोस् भन्ने चाहना व्यक्त गरिएको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij