Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

काठमाडौं र भक्तपुरमा २६ लुटेरा पक्राउ

काठमाडौं र भक्तपुरमा २६ लुटेरा पक्राउ

  • काठमाडौं ।जेनजी आन्दोलनको अवसरलाई प्रयोग गर्दै लुटपाटमा संलग्न २६ जना पक्राउ परेका छन्। मंगलबार रातिदेखि नेपाली सेनाले विशेष सुरक्षा रणनीति अपनाई काठमाडौं र भक्तपुरका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

    सेनाका अनुसार नयाँ बानेश्वरमा बैंक लुटपाटमा संलग्न पाँच जनालाई र भक्तपुर तथा काठमाडौंको बौद्ध क्षेत्रमा लुटपाटमा संलग्न २१ जनालाई पक्राउ गरिएको छ।

    लुटपाट, आगजनी र अराजक गतिविधि बढेपछि सेनाले स्थानीय समुदायलाई सहकार्य गर्न आग्रहसमेत गरेको छ। दुई दिनदेखि चर्किएको जेनजी आन्दोलनको मौका पाएर केही समूह आपराधिक गतिविधिमा सक्रिय भएपछि सेनाले कडाइका साथ कारबाही थालेको बताइएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij