Logo

Nov 03 2025 | २०८२, कात्तिक १७गते

Nov 03 2025 | २०८२, कात्तिक १७गते

images

जेनजी आन्दोलन : भागेकामध्ये छ हजार ९८४ कैदी फर्किए, ७ हजार ५७२ कैदीबन्दी अझै फरार

जेनजी आन्दोलन : भागेकामध्ये छ हजार ९८४ कैदी फर्किए, ७ हजार ५७२ कैदीबन्दी अझै फरार

  • काठमाडौँ।  ‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न परिस्थितिपछि कारागारबाट भागेकामध्ये हालसम्म छ हजार ९८४ कैदीबन्दीलाई फर्काइएको छ। कारागार व्यवस्थापन विभागका अनुसार अझै सात हजार ५७२ कैदीबन्दी फरार छन्।

    पछिल्लो दुई दिनमा छ सय ५६ जना कैदीबन्दीलाई कारागारमा फर्काइएको विभागका निर्देशक चोमेन्द्र न्यौपानेले जानकारी दिए। कैदीबन्दीहरू दैनिकजसो कारागारमा आइरहेका छन्।

    गत भदौ २४ गते जेनजीद्वारा गरिएको प्रदर्शनका क्रममा कारागारमा तोडफोड र आगजनी हुन थालेपछि कैदीबन्दी भागेका थिए । भागेका कैदीबन्दीको कूल सङ्ख्या १४ हजार ५५६ रहेको छ भने १५ हजार ५२५ कैदीबन्दी भने नभागी बसेका थिए।

     

    फरार रहेकाहरूको खोजी जारी रहेको विभागले जनाएको छ। ती कैदीबन्दीहरू २८ वटा कारागार र नौ वटा सुधारगृहबाट भागेका थिए।

    कतिपयलाई प्रहरीले पक्राउ गरेर ल्याएको छ भने अधिकांश आफैँ आएका हुन्। बालसुधार गृहबाट नौ सय ६३ जना भागेका थिए।

    प्रहरीले हिरासतमा रहेका दुई हजार आरोपीसमेत फरार रहेका र खोजी जारी रहेको जानकारी दिएको छ। दश जना कैदीबन्दीको भने मृत्यु भएको छ। 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij