
काठमाडौँ । नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा धुवाँ लागेका नोट साट्न प्रहरी प्रशासनको सिफारिस अनिवार्य गरिएको छ ।बैंक तथा वित्तीय संस्थाले यस्ता नोटमा शंका लागेर स्वीकार गर्न अस्वीकार गर्दाका बखत प्रहरी प्रशासनको सिफारिस चाहिने भएको हो ।
नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैकबाट रुपैयाँ तुरुन्त पाइने छ भनी दिइएको ग्यारन्टी धुवाँ लागेका नोटमा केही घटेको देखिएको छ ।नेपाल राष्ट्र बैंक नोट सट्टा भर्ना नियमावली २०५९ मा पनि नोट सटही गर्ने कानुनी व्यवस्था रहेको छ। त्यसका लागि राष्ट्र बैंकले तोकेको केही सर्त पुरा हुनुपर्ने हुन्छ।
राष्ट्र बैंकले दिएको ग्यारन्टीमा जेनजी आन्दोलनको हिंसात्मक प्रदर्शनका कारण च्यातिएका, जलेका र धुवाँ लागेका नोटहरूको हकमा केही घटेको हो । यस्ता नोट सजिलै साटिन छोडेका छन्। अहिले यस्ता नोट लिएर मानिस विभिन्न बैंक तथा वित्तीय संस्थामा पुग्ने गरेका छन्। तर अहिले प्रहरी र प्रशासनको सिफारिस बिना यस्ता नोट साट्न मुस्किल भएको छ।
जेनजीको प्रदर्शनको नेता, कर्मचारी, व्यापारीका निजी तथा व्यापारिक प्रतिष्ठानमा आगजनी हुँदा कति सम्पत्ति र नोट जले त्यसको यकिन हुन नसकेको हो । लुटापाटमा यस्ता नोट लुटिएका चोरिएका छन् । त्यसक्रममा बैंक तथा वित्तीय संस्थामा पनि आगजनी र चोरी गरिएको पाइएको छ । त्यसैले बैंकमा अहिले जलेका, च्यातिएका र धुवाँ लागेका नोट पुग्दा सजिलै साटिन छोडेका छन्।
राष्ट्र बैंकका सहप्रवक्ता सुमन न्यौपानेले जनाए अनुसार धुवाँ लागेका र जलेका नोट प्रशासन र स्थानीयको सिफारिस बिना साटिएका छैनन्। यो व्यवस्था नै छ। अहिलेको अवस्थामा थप केही आउने छ । जथाभावी कोरिएका र शङ्का लागेका नोट राष्ट्र बैंकले खिच्न अधिकार समेत रहेको छ। जेनजीको प्रदर्शनमा धेरै नोट जलेका छन्। प्रहरीले अहिले निजी तथा सार्वजनिक सम्पत्तिमा आगजनी र चोरी गर्नेलाई खोजी रहेको छ।
ठुलो मात्रमा यस्ता जलेका र धुवाँ लागेका नोट बैंकमा पुगेको खण्डमा र शङ्का लागे नजिकको प्रहरीलाई खबर गर्न समेत प्रहरीले अनुरोध गरिएको छ । नेपाल प्रहरीको सीआइबीले अहिले अनुसन्धान गरिरहेको छ।सीआइबीका एसएसपी होबेन्द्र बोगटीले भने अनुसार शङ्का लाग्छ र यदि कसैले ठुलो मात्रमा जलेका र धुवाँ लागेको नोट ल्याउँछ भने सीआइबी वा नजिकको प्रहरीलाई खबर गर्न अनुरोध गरिएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij