Logo

Oct 12 2025 | २०८२, असोज २६गते

Oct 12 2025 | २०८२, असोज २६गते

images

प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंकले बढ्यो

प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंकले बढ्यो

  • काठमाडौं ।बुधबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक १.२० अंकले बढेर २६८३.४५ विन्दुमा बन्द भएको छ।
    अघिल्लो कारोबार दिन मंगलबार नेप्से ५८.६३ अंकले बढेर २६८२.२५ विन्दुमा पुगेको थियो। यस दिन प्रि ओपन सेसनमा सेन्सेटिभ इण्डेक्स पनि ०.३३ अंकले वृद्धि भएको छ।

    सो सेसनमा ३७ स्टकको ५७ पटकको कारोबार भएको थियो। यस अवधिमा ४ हजार ९७९ कित्ता शेयर खरिद–बिक्री हुँदा कारोबार मूल्य १७ लाख १२ हजार ८०२ रुपैयाँ ५० पैसा पुगेको छ।

    कुल कारोबारमध्ये १८ स्टकको मूल्य बढेको, १७ स्टकको मूल्य घटेको र बाँकी २ स्टकको मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij