
काठमाडौं ।मंगलबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्यमा भारी वृद्धि भएको छ। पछिल्ला दिनहरूमा लगातार वृद्धि भइरहेको सुनचाँदीको मूल्य यस दिन पनि रेकर्ड तोड्दै बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १,३०० रुपैयाँले बढेर २ लाख २३ हजार ३०० रुपैयाँ पुगेको छ। गत मंगलबार सो मूल्य २ लाख २१ हजार ७०० रुपैयाँ थियो। यसरी पछिल्ला तीन दिनदेखि सुनको मूल्य निरन्तर रेकर्ड तोड्दै बढिरहेको छ।
यसैगरी, मंगलबार चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर २,७०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला २,६८० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्यले पनि लगातार चार दिनदेखि रेकर्ड तोड्दै वृद्धि गरिरहेको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij