
काठमाडौं ।सरकारले आर्थिक रुपमा कमजोर र प्रतिफल दिन नसक्ने सार्वजनिक संस्थानमा थप लगानी नगर्ने निर्णय गरेको छ।
अर्थ मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख भएअनुसार, साँवा, ब्याज र प्रतिफल दिन असमर्थ सार्वजनिक संस्थानलाई सरकारले अब नयाँ लगानी उपलब्ध नगराउने जनाएको छ।
त्यस्तै, यस रोक्का अवधिभर सरकारको लगानी रहेका संस्थानले हदप्रद वा थप सार्वजनिक निष्कासन (FPO) शेयर जारी गर्न पनि रोक्का गर्ने निर्णय गरिएको मन्त्रालयले स्पष्ट पारेको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij