
काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकद्वारा सञ्चालन गरिएका वालेटमा रकम जम्मा गर्ने सीमा वा संख्यालाई अस्थायी रुपमा बढाएको छ ।अहिले प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको छ ।
दशैंको शुभ अवसरमा असोज १३ गतेदेखि २१ गतेसम्म र दिपावली तथा छठ पर्वको अवसरमा कात्तिक ३ देखि १० गतेसम्म ४० पटकसम्म रकम जम्मा गर्न सकिने सुविधा राष्ट्र बैंकले उपलब्ध गराएको छ ।
यो समयमा भएको कारोबारको संख्या र कारोबारको कुल रकम राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागलाई जानकारी गराउन भुक्तानी सेवा प्रदायक संस्थाहरुलाई आग्रह गरिएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij