
काठमाडौँ । नेपाल बीमा प्राधिकरणले पुनर्बीमक, निर्जीवन तथा लघु निर्जीवन बीमकहरुलाई निर्देशन दिएको छ ।जेनजी आन्दोलनमा क्षतिग्रस्त सम्पतिको तत्काल सर्भेयर खटाई क्षति यकिन गरी दाबी भुक्तानी गर्ने व्यवस्था मिलाउनेलगायतको निर्देशन प्राधिकरणले दिएको हो ।
क्षतिको प्रारम्भिक मूल्याङ्कन प्रतिवेदनको आधारमा बीमा वापत अनुमानित दायित्वको बढीमा ५० प्रतिशतले हुन आउने रकम अग्रिम रूपमा यथाशीघ्र भुक्तानी गर्ने व्यवस्था गर्ने निर्देशन दिएको छ ।
प्राधिकरणले बीमकले बीमितलाई दाबी भुक्तानी गर्नका लागि सम्बन्धित पुनर्बीमा कम्पनीसँग रकम माग गरेको अवस्थामा यथाशीघ्र अग्रिम भुक्तानीका रूपमा अनुमानित पुनर्बीमा दायित्वको बढीमा पचास प्रतिशत रकम उपलब्ध गराउने व्यवस्था गर्न निर्देशन दिएको छ ।
जेनजी आन्दोलनबाट प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिलाई राहत, कर छुट, सहुलियत तथा सुविधाहरू प्रदान गर्ने सम्बन्धी असोज ६ गते बसेको मन्त्रिपरिषद्को निर्णय कार्यन्वयनका लागि उक्त निर्देशन जारी गरेको जनाइएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij