Logo

Oct 12 2025 | २०८२, असोज २६गते

Oct 12 2025 | २०८२, असोज २६गते

images

बडादशैँको पाँचौँ दिन : स्कन्दमाताको पूजा आराधना

बडादशैँको पाँचौँ दिन : स्कन्दमाताको पूजा आराधना

  •  

    काठमाडौँ । बडादशैँको पाँचौँ दिन हिन्दू धर्मावलम्बीले देवी स्कन्दमाताको पूजा(आराधना गर्दै मनाइरहेका छन्। नवदुर्गामध्येकी पाँचौँ देवीका रूपमा परिचित स्कन्दमाता भगवान् कार्तिकेय (स्कन्द) की आमा हुन्। स्कन्दलाई ज्ञानशक्ति र कर्मशक्तिको प्रतीक मानिन्छ, र स्कन्दमाता स्वयंलाई व्यवहारिक ज्ञानलाई कर्ममा परिणत गर्ने प्रेरणादायिनी देवीका रूपमा वर्णन गरिन्छ।

    स्कन्दमाता इच्छा शक्ति, ज्ञान शक्ति र क्रिया शक्तिको अद्वितीय संगम हुन्। यी शक्तिहरू शिवतत्वसँग मिलेर स्कन्दको जन्म हुने विश्वास गरिन्छ, त्यसैले उनी सही ज्ञान र क्रियाकी मूल स्रोत तथा आरम्भकी देवी मानिन्छिन्। देवीको स्वरुप पहेँलो वर्णको, मानस गद्दीमा आसन ग्रहण गरेकी र हातमा कमल फूल धारण गरेकी रूपमा चित्रण गरिएको छ।

    पुराण अनुसार, शिवको पसिनाबाट बनेको वीर्यबीजबाट स्कन्द ९कार्तिकेय० को जन्म भएको मानिन्छ, जसका कारण स्कन्दमाता कर्म र परिश्रमको प्रतीक मानिन्छिन्। यिनीको पूजा गर्दा सन्तान सुख प्राप्त हुने, भूमिको उर्वराशक्ति बढ्ने र जीवनमा व्यवहारिक ज्ञान तथा कर्ममा दृढता आउने जनविश्वास छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij