Logo

Oct 23 2025 | २०८२, कात्तिक ६गते

Oct 23 2025 | २०८२, कात्तिक ६गते

images

नयाँ कुमारीको रूपमा काठमाडौँ इटुम्बहालकी आर्यतारा शाक्यलाई छनौट गरियो

नयाँ कुमारीको रूपमा काठमाडौँ इटुम्बहालकी आर्यतारा शाक्यलाई छनौट गरियो

  • काठमाडौँ । जीवित देवीको रूपमा कुमारी पुजिने परम्परा तथा संस्कृति अनुसार नयाँ कुमारीको रूपमा आर्यतारालाई छनौट गरिएको छ । काठमाडौँ इटुम्बहालकी आर्यतारा शाक्यलाई नयाँ कुमारीका रूपमा छनोट गरिएको हो ।

    आर्यतारालाई मंगलबार दिउँसो १२:०५ बजेदेखि १२:१६ बजेको बीचको साइतमा कुमारीको आसन ग्रहण गराउने कार्यक्रम छ । त्यससँगै पुरानो कुमारी तृष्णा शाक्यलाई बाजागाजासहित बिदाइ गरिने  शाक्य महाबिहार संघका पदाधिकारीहरूले जनाएका छन् ।  

    शाक्य महाबिहार संघको आह्वानपछि सिफारिस भएर आएका नामहरुमध्येबाट साढे दुई वर्षकी आर्यतारालाई नयाँ कुमारी छनोट गरिएको हो । संघले शहरका १५ बहालहरुलाई पत्र पठाएर नयाँ कुमारीका लागि नाम सिफारिस गर्न भनेको थियो । प्राप्त नामावलीहरुमध्येबाट निर्णायक मण्डल, गुठी संस्थान र पञ्चाङ्ग निर्णायक समितिको समेत सल्लाहमा परम्परागत विधि अनुसार आर्यतारा शाक्यलाई नयाँ कुमारीका रूपमा छनोट गरिएको संघले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij