Logo

Oct 12 2025 | २०८२, असोज २६गते

Oct 12 2025 | २०८२, असोज २६गते

images

भारी वर्षाका कारण पहिरो र बाढीको जोखिम, यात्रुमा सतर्कता आवश्यक

भारी वर्षाका कारण पहिरो र बाढीको जोखिम, यात्रुमा सतर्कता आवश्यक

  •  

    काठमाडौँ ।  देशका धेरै स्थानमा गएरातिदेखि लगातार वर्षा भइरहेको छ। काठमाडौं आसपासमा सबैभन्दा बढी वर्षा सिन्धुपाल्चोकको बाह्रबिसेमा ६ घण्टामै ८२.२ मिलिमिटर मापन गरिएको छ। त्यस्तै, बाहुनेपाटीमा ४६.४, मानेखर्कमा ३८ र चन्द्रखुमा ३०.८ मिलिमिटर पानी परेको छ। मौसम पूर्वानुमान शाखाका अनुसार बागमती र गण्डकी प्रदेशका केही स्थानमा उल्लेख्य वर्षा मापन भएको छ भने कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा पनि भारी वर्षा भएको छ। कर्णाली प्रदेशको रुकुम पश्चिमस्थित बाँफीकोटमा मात्रै १४६.६ मिलिमिटर पानी परेको छ, जसले बाढी र पहिरोको जोखिम अझ बढाएको छ।

    मौसम महाशाखाले सोमबार देशका सबै पहाडी भू–भागमा सामान्यदेखि आंशिक बदली रहने र कोशी, बागमती तथा गण्डकीका पहाडी भू–भागमा मेघगर्जनसहित मध्यम वर्षा हुने सम्भावना जनाएको छ। साथै यी प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। निरन्तर वर्षाका कारण राजमार्गमा पहिरोको जोखिम बढेकाले दशैंमा घर फर्कने यात्रुहरूले विशेष सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij