Logo

Oct 31 2025 | २०८२, कात्तिक १४गते

Oct 31 2025 | २०८२, कात्तिक १४गते

images

सरकारको निर्णयको सम्मान गर्दै दुई पूर्व सभामुख महरा र धर्तीमगरले फिर्ता गरे गाडी सुविधा

सरकारको निर्णयको सम्मान गर्दै दुई पूर्व सभामुख महरा र धर्तीमगरले फिर्ता गरे गाडी सुविधा

  • काठमाडौँ । सरकारको निर्णयको सम्मान गर्दै दुई जना पूर्वसभामुख ओनसरी घर्तीमगर र कृष्णबहादुर महराले संसद् सचिवालयबाट लिएको गाडी सुविधा फिर्ता गरेका छन् ।मन्त्रिपरिषद्को निर्णयको आधारमा संसद् सचिवालयले दिँदै गाडी सुविधा  अन्तरिम सरकारले फिर्ता गर्ने निर्णय लिएपछि उनीहरूले गाडी सुविधा फिर्ता गरेका हुन् । 

    गाडीका साथै आवश्यक इन्धर र सवारी चलाक सुविधा समेत प्राप्त गर्दै आएकोमा अन्तरिम सरकारले हालै सेवानिवृत्त राजनीतिक तथा प्रशासनिक पदाधिकारीको सुविधा फिर्ता गर्न लगाउने निर्णय गरेको छ ।प्रचलित कानुन बमोजिमबाहेक लिइरहेको सवारी साधन, जिन्सी सामान, सहयोगी र सुरक्षाकर्मी फिर्ता गर्न र अन्य सेवा सुविधा रोक्न अर्थ मन्त्रालयले गृह मन्त्रालय र रक्षा मन्त्रालयलाई पत्राचार नै गरेको छ ।

    असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले अनुत्पादक खर्च कटौती तथा मितव्ययिता अपनाउन  भनेर विभिन्न निर्णय गरेको थियो । सोही निर्णयमा टेकेर अर्थ मन्त्रालयले सेवानिवृत्त राजनीतिक तथा प्रशासनिक पदाधिकारीको सुविधा फिर्ता गर्न लगाउने निर्णय गरेको हो ।त्यसपछि संघीय संसद् सचिवालयले पनि सेवानिवृत्त राजनीतिक पदाधिकारीसँग सम्पर्क गरेको थियो । त्यसपछि पूर्व सभामुख घर्ती र महराले गाडी सुविधा फिर्ता गरेका हुन् ।

    संसद् सचिवालयका अनुसार उनीहरूले आइतबार गाडी फिर्ता गरेका हुन् ।पूर्व सभामुख अग्निप्रसाद सापकोटा र तारानाथ रानाभाटले पनि गाडी फिर्ता गर्ने प्रतिबद्धता जनाइसकेका छन् । ‘दशैं बिदा सुरु भइसकेकाले बिदा सकिने बित्तिकै गाडी फिर्ता गरिदिने प्रतिबद्धता आएको छ,’ संसद् सचिवालयको सवारी शाखाले  जनाएको छ ।  राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पनि गाडी फिर्ता गरिसकेका छन् ।

    संसद् सचिवालयको गाडी नियम विपरीत चढ्नेहरू अझै बाँकी रहेको सम्बन्धित अधिकारीहरू बताउँछन् ।प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैको नेतृत्वको सचिवालयमा रहेका सहसचिवस्तरका व्यक्तिले समेत गाडी सुविधा लिइरहेका छन् । कानुन विपरीत लिएका ती गाडी पनि फिर्ता गराउनेबारे छलफल भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij