
काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत १६ कम्पनीले गत आर्थिक वर्षको लाभांश घोषणा गरेका छन्। असोज ११ गतेसम्म विभिन्न क्षेत्रका कम्पनीहरूले न्यूनतम ६ प्रतिशतदेखि अधिकतम १८४२ प्रतिशतसम्म लाभांश प्रस्ताव गरेका हुन्।
यसवर्षको लाभांश घोषणामा बोनस शेयरको वर्चस्व देखिएको छ। अधिकांश कम्पनीहरूले बोनस शेयरलाई प्राथमिकता दिएका छन् भने केहीले नगद लाभांशसमेत घोषणा गरेका छन्। भदौ २३–२४ गते भएको जेनजी आन्दोलनका कारण साधारण सभा र लाभांश वितरण प्रक्रियामा केही ढिलाइ भएको छ।
बैंकिङ क्षेत्र
एभरेष्ट बैंक : १४% नगद + ६% बोनस = २०%
माछापुच्छ्रे बैंक : ४% नगद + ४% बोनस = ८%
सानिमा बैंक : ७.३७% नगद
सिटिजन्स बैंक : ०.२६% नगद + ५% बोनस = ५.२६%
विकास बैंक
मुक्तिनाथ विकास बैंक : ४.६७% नगद + १३.५३% बोनस = १८.२०%
कामना सेवा विकास बैंक : ५.७९% नगद + १०% बोनस = १५.७९%
फाइनान्स कम्पनी
मञ्जुश्री फाइनान्स : १५% नगद
लघुवित्त कम्पनी
गुराँस लघुवित्त : ०.७५% नगद + १४.२५% बोनस = १५%
आरएसडीसी लघुवित्त : ८% नगद
हाइड्रोपावर कम्पनी
सिक्लेस र मिडसोलु : ०.७८९% नगद + १५% बोनस = १५.७८९%
अरुण भ्याली : ०.४२% नगद + ८% बोनस = ८.४२१%
युनिभर्सल पावर : ०.४७% नगद + ९% बोनस = ९.४७%
भगवती हाइड्रोपावर : ६% नगद + १४% बोनस = २०%
उत्पादन/औद्योगिक कम्पनी
युनिलिभर नेपाल : १८४२% नगद (सबैभन्दा बढी)
नेपाल ल्युव आयल : १.०५३% नगद + २०% बोनस = २१.०५३%
इन्भेष्टमेन्ट कम्पनी
हातवे इन्भेष्टमेन्ट नेपाल : ०.६३% नगद + १२% बोनस = १२.६३%
पूर्वाधार विकास बैंक
नेपाल इन्फ्रास्ट्रक्चर बैंक : ६% नगद
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij