Logo

Oct 31 2025 | २०८२, कात्तिक १४गते

Oct 31 2025 | २०८२, कात्तिक १४गते

images

आज तलेजु भवानी मन्दिर सबैका लागि खुल्ला

आज तलेजु भवानी मन्दिर सबैका लागि खुल्ला

  • काठमाडौँ ।हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर आज सबैका लागि खुला गरिएको छ। तलेजु मन्दिर वर्षमा एक पटक अर्थात आश्विन शुक्ल नवमीका दिन मात्र सबैका लागि खुला गरिन्छ।
    नवरात्रको अन्तिम दिन अर्थात् महानवमीको दिनमात्र खुल्ने तलेजु भवानीको मन्दिर दर्शन तथा पूजाअर्चनाका लागि भक्तजनहरु बिहानैदेखि भिड लागेको छ।

    तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूल चोकमा ल्याइएको थियो। तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइने चलन छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij