
काठमाडौं ।नेपाल राष्ट्र बैंकले आज असोज १७ गते, शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।
आजको दरअनुसार अमेरिकी डलर खरिददर १४१.६१ रुपैयाँ र बिक्रीदर १४२.२१ रुपैयाँ तोकिएको छ। त्यस्तै, युरो खरिददर १६६.४२ रुपैयाँ र बिक्रीदर १६७.१३ रुपैयाँ तथा बेलायती पाउन्ड स्टर्लिङ खरिददर १९०.८२ रुपैयाँ र बिक्रीदर १९१.६३ रुपैयाँ तोकिएको छ।
साउदी रियाल खरिददर ३७.७६ रुपैयाँ र बिक्रीदर ३७.९२ रुपैयाँ, कतारी रियाल ३८.८५ मा खरिद र ३९.०२ मा बिक्री हुने छ। स्विस फ्राँक खरिददर १७७.९४ रुपैयाँ र बिक्रीदर १७८.६९ रुपैयाँ निर्धारण गरिएको छ।
यस्तै, अस्ट्रेलियन डलर ९३.५७ मा खरिद र ९३.९७ मा बिक्री, क्यानाडियन डलर १०१.५६ मा खरिद र १०१.९९ मा बिक्री हुने छ। सिंगापुर डलर ११०.०४ मा खरिद र ११०.५० मा बिक्री, चिनियाँ युआन १९.८९ मा खरिद र १९.९७ मा बिक्री हुनेछ।
त्यसैगरी, थाई भाट ४.३८ मा खरिद र ४.४० मा बिक्री, जापानी येन (१० येन) ९.६५ मा खरिद र ९.७० मा बिक्री, र कोरियन वन (१०० वन) १०.१० मा खरिद तथा १०.१४ मा बिक्री हुने व्यवस्था गरिएको छ।
उच्च मूल्यका मुद्रामा, कुवेती दिनार ४६३.२३ रुपैयाँमा खरिद र ४६५.१९ रुपैयाँमा बिक्री, बहराइन दिनार ३७५.६२ मा खरिद र ३७७.२१ मा बिक्री तथा ओमानी रियाल ३६७.८० मा खरिद र ३६९.३६ रुपैयाँमा बिक्री हुने विनिमयदर निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij