Logo

Oct 14 2025 | २०८२, असोज २८गते

Oct 14 2025 | २०८२, असोज २८गते

images

बडादसैँको तेस्रो दिन पनि टीका–जमराको चहलपहल

बडादसैँको तेस्रो दिन पनि टीका–जमराको चहलपहल

  • काठमाडौँ । हिन्दू धर्मावलम्बीले नवदुर्गा भवानीको प्रसादस्वरुप मान्यजनबाट रातो टीका र समृद्धिको प्रतीक जमरा लगाउने क्रम बडादसैँको तेस्रो दिन पनि जारी छ।

    विजयादशमीको शुभसाइत मंगलबार नै सकिए पनि टाढा रहेका आफन्त तथा मान्यजन कहाँ पुगेर टीका थाप्ने र आशीर्वाद लिने चलनका कारण आज द्वादशीका दिन पनि टीकाको चहलपहल देखिएको हो।

    नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार आश्विन शुक्ल दशमी अर्थात विजयादशमीदेखि सुरु भएको टीका–जमराको यो धार्मिक परम्परा कोजाग्रत पूर्णिमासम्म जारी रहनेछ। कतिपय स्थानमा पूर्णिमासम्म टीका लगाउने चलन रहे पनि कतिपय ठाउँमा टीकाको मूल दिनमै सीमित गर्ने प्रथा छ।

    आजको दिन पनि घरमा विधिपूर्वक राखिएको जमरा र टीका देवी दुर्गालाई अर्पण गरी मान्यजनबाट आशीर्वाद लिने परम्परा निरन्तरता दिइएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij