Logo

Oct 14 2025 | २०८२, असोज २८गते

Oct 14 2025 | २०८२, असोज २८गते

images

अवरुद्ध राजमार्गमा अलपत्र यात्रुहरूलाई सरकारले खाद्यान्न उपलब्ध गराउने

अवरुद्ध राजमार्गमा अलपत्र यात्रुहरूलाई सरकारले खाद्यान्न उपलब्ध गराउने

  • काठमाडौँ । अविरल वर्षाका कारण देशभरका राजमार्ग अवरुद्ध बनेपछि सरकार अलपत्र परेका यात्रुहरूलाई खाद्यान्न उपलब्ध गराउने भएको छ । विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका निर्देशक दिनेश प्रसाद भट्टका अनुसार, सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत स्थानीय तहलाई आवश्यक खाद्यान्न व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

    लगातारको वर्षाले देशभर जनजीवन प्रभावित बनेको छ । विभिन्न राजमार्गहरूमा सवारी सञ्चालन रोकिँदा यात्रुहरू बीचमै अलपत्र परेका छन् । सरकारले तत्काल राहतस्वरूप आवश्यक खाद्यान्न र सहयोग पुर्‍याउने तयारी गरेको छ। 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij