Logo

Oct 14 2025 | २०८२, असोज २८गते

Oct 14 2025 | २०८२, असोज २८गते

images

तनहुँको साँखरमा सडक भासियो, आवागमन एकतर्फी

तनहुँको साँखरमा सडक भासियो, आवागमन एकतर्फी

  • तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित सडक भासिएपछि यातायात एकतर्फी सञ्चालन गरिएको छ। शनिबार बिहानैदेखि परेको लगातार वर्षाका कारण सडक भासिएको हो।

    इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीका अनुसार अपरान्ह ४ बजेतिर सडक भासिएको थियो। उनले दुवैतर्फ प्रहरी परिचालन गरी सवारी साधनलाई सुरक्षित रूपमा एकतर्फी रूपमा सञ्चालनको व्यवस्था मिलाइएको जानकारी दिए।

    तर रातिको समयमा उक्त स्थानमा जोखिम हुने भएकाले यात्रुहरूलाई यात्रा नगर्न आग्रह गरिएको छ। वि.सं. २०७९ जेठ २७ गते पनि सोही स्थानमा सडक भासिएपछि भित्ता काटी मर्याङ्दी नदीतर्फबाट पर्खाल निर्माण गरिएको थियो। त्यही स्थान पुनः भासिएको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij