
चितवन। आइतबार राति ९ बजेदेखि बन्द रहेको नारायणगढ–मुग्लिन सडकखण्ड सोमबार बिहानदेखि पुनः सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान ६ बजेदेखि सडक पूर्ण रूपमा सञ्चालनमा ल्याइएको हो।
प्रहरीका अनुसार हाल सडकखण्डमा कुनै अवरोध नरहेको भए पनि सो क्षेत्रमा पहिरोको जोखिम अझै कायम रहेकाले यात्रु र सवारी चालकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
प्रहरीले जारी गरेको सूचनामा भनिएको छ,
“मिति २०८२/०६/२० गते बिहान ६:०० बजेबाट नारायणगढ–मुग्लिन सडकखण्ड सुचारु गरिएको छ। हालसम्म कुनै अवरोध छैन। यस खण्डमा पहिरोको जोखिम कायम रहेकाले कृपया सावधानीपूर्वक सुरक्षित यात्रा गर्नुहुन सम्पूर्ण यात्रु महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौं।”
जिल्ला प्रहरी कार्यालयले मौसममा पुनः अस्थिरता आउन सक्ने भन्दै यात्रुहरूलाई यात्रा अघि मौसम र सडक अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सुझाव दिएको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij