
काठमाडौं । स्थानीय बजारमा आज पनि सुन र चाँदी दुवैको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ३३ हजार १०० रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च दर हो । आइतबारको तुलनामा आज सुनमा २ हजार ५०० रुपैयाँको वृद्धि भएको हो ।
यससँगै चाँदीको मूल्यमा पनि निरन्तर उकालो देखिएको छ । आज चाँदी तोलामा ३० रुपैयाँले बढेर २ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ । सुन र चाँदी दुवैको मूल्यमा देखिएको यो वृद्धि पछिल्ला दिनमा अन्तर्राष्ट्रिय बजारमा बढ्दो मूल्य र स्थानीय बजारको मागमा आएको वृद्धिसँग सम्बन्धित रहेको बताइएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij