
काठमाडौं । प्रभु केबलकार एण्ड टुरिजम लिमिटेडले आगामी कात्तिक ९ गतेदेखि २६३ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ। कम्पनीले विद्यमान १ कित्ता शेयर बराबर २ दशमलव ६३ कित्ता नयाँ हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो।
यसअघि असोज १० गते सम्पन्न विशेष साधारण सभाले सो प्रस्तावलाई अनुमोदन गरेको थियो। कम्पनीले यसअघि पनि १०० प्रतिशत हकप्रद शेयर निष्कासन गरिसकेको छ। संस्थापक शेयरहरू प्रतिकित्ता १२५ रुपैयाँमा बिक्री गरेको कम्पनीले यो पटक १०० रुपैयाँ अंकित मूल्यमा हकप्रद शेयर बिक्री गर्न लागेको हो।प्रभु केबलकार एण्ड टुरिजमले २६३ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने
काठमाडौं । प्रभु केबलकार एण्ड टुरिजम लिमिटेडले आगामी कात्तिक ९ गतेदेखि २६३ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ। कम्पनीले विद्यमान १ कित्ता शेयर बराबर २ दशमलव ६३ कित्ता नयाँ हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो।
यसअघि असोज १० गते सम्पन्न विशेष साधारण सभाले सो प्रस्तावलाई अनुमोदन गरेको थियो। कम्पनीले यसअघि पनि १०० प्रतिशत हकप्रद शेयर निष्कासन गरिसकेको छ। संस्थापक शेयरहरू प्रतिकित्ता १२५ रुपैयाँमा बिक्री गरेको कम्पनीले यो पटक १०० रुपैयाँ अंकित मूल्यमा हकप्रद शेयर बिक्री गर्न लागेको हो।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij