Logo

Oct 12 2025 | २०८२, असोज २६गते

Oct 12 2025 | २०८२, असोज २६गते

images

समता लघुवित्तले ४० हजारभन्दा बढी संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा

समता लघुवित्तले ४० हजारभन्दा बढी संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा

  •  

    काठमाडौँ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले ४० हजार ३३२७ कित्ता संस्थापक सेयर बिक्रीका लागि खुला गरेको छ। कम्पनीले यसअघि सो सेयर विद्यमान संस्थापक सेयरधनीहरूलाई मात्र किन्न पाउने व्यवस्था गरेको थियो। तर, तोकिएको अवधिसम्म सम्पूर्ण सेयर बिक्री नभएपछि अब बाँकी सेयर सर्वसाधारणका लागि पनि खुला गरिएको हो।

    सेयर किन्न इच्छुक व्यक्ति, कम्पनी वा संघसंस्थाहरूले आवश्यक कागजात सहित आफूले किन्न चाहेको सेयर संख्या र प्रस्तावित मूल्य उल्लेख गरी ७ दिनभित्र बनेपास्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिन सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij