Logo

Oct 12 2025 | २०८२, असोज २६गते

Oct 12 2025 | २०८२, असोज २६गते

images

प्रधानमन्त्री कार्कीद्वारा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण परिषद्को बैठक आह्वान

प्रधानमन्त्री कार्कीद्वारा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण परिषद्को बैठक आह्वान

  •  

    काठमाडौं ।प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक आह्वान गरेकी छिन्। बैठक मङ्गलबार बिहान साढे ११ बजे बस्नेगरी बोलाइएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टले जानकारी दिए।

    उनका अनुसार, परिषद्को बैठकले राहत कार्यलाई प्रभावकारी बनाउने, बाढीपहिरोबाट क्षति भएका संरचनाको पुनर्निर्माण, तथा अस्थायी र स्थायी वासस्थानको व्यवस्था लगायतका विषयमा महत्वपूर्ण निर्णयहरू गर्ने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij