Logo

Oct 12 2025 | २०८२, असोज २६गते

Oct 12 2025 | २०८२, असोज २६गते

images

गाडी किन्न चाडपर्वमा बैंकहरूको सहुलियत कर्जा योजना ,न्यूनतम ७.४९ प्रतिशतदेखि अधिकतम ११.९९ प्रतिशतसम्म

गाडी किन्न चाडपर्वमा बैंकहरूको सहुलियत कर्जा योजना ,न्यूनतम ७.४९ प्रतिशतदेखि अधिकतम ११.९९ प्रतिशतसम्म

  • काठमाडौँ । गाडी किन्न चाडपर्वमा बैंकहरूले ग्राहक आकर्षित गर्न विभिन्न किसिमको  सहुलियत कर्जा योजना सार्वजनिक गरेका छन् । गाडी किन्न खोज्ने ग्राहकहरूका लागि  कर्जा अवधिभर ब्याजदर परिवर्तन नहुने गरी न्यूनतम ७.४९ प्रतिशतदेखि अधिकतम ११.९९ प्रतिशतसम्मको स्थिर ब्याजदर सार्वजनिक गरिएको हो ।

    अधिक तरलताका कारण बैंकहरूले लामो अवधिका लागि स्थिर ब्याजदरमा गाडी कर्जा दिइरहेका छन्। पछिल्लो समय निरन्तर ब्याजदर घटेका कारण कर्जाको औसत ब्याजदर ७.७६ प्रतिशतमा झरेको देखिन्छ।पछिल्लो समय बैंकहरूले ब्याजदर निरन्तर घटाउँदै आएको भएपनि कर्जाको माग  अपेक्षा गरिए अनुसार बढ्न नसकेको हो ।
    कर्जामा गतिदिन बैंकहरूले चाडपर्वको अवसरमा बैंकहरूले अटो लोन अफरसहित ल्याएका छन् ।

    यस अन्तर्गत एभरेष्ट बैंकको अटो लोन  ७.४९ प्रतिशत ब्याजदर रहेको छ भने ग्लोबल आइएमई बैंकले ७.९९ प्रतिशत स्थिर ब्याजदरमा अटो कर्जा दिने घोषणा गरेको छ।परिवर्तित ब्याजदरको हकमा भने बैंकहरूले ६ प्रतिशत ब्याजदरमा अटो कर्जा दिइरहेका छन्। नेपाल बैंकले ५.९९ प्रतिशत परिवर्तित ब्याजदरमा अटो कर्जा दिइरहेको छ।
    सञ्चालनमा रहेका अन्य बैंकहरूले ६÷७ प्रतिशत परिवर्तित ब्याजदरमा अटो कर्जा दिइरहेका छन् ।  परिवर्तित ब्याजदर दिएको कर्जा बेसरेट बढेपछि भने बढ्छ। अधिकांश बैंकहरूले एकल अंकको स्थिर ब्याजदरमा अटो कर्जा दिएका छन्।प्रभु बैंकले ८ प्रतिशत स्थिर ब्याजदरमा अटो कर्जा दिइरहेको छ। ५ बैंकहरूले लामो अवधिको स्थिर ब्याजदरको कर्जाका लागि १० प्रतिशत बढी ब्याज लिने जनाएका छन् । 
    माछापुच्छ्रे बैंकले ५ वर्ष अवधिको अटो कर्जा साढे ९ प्रतिशत स्थिर ब्याजदरमा दिइरहेको भएपनि १० वर्ष अवधिको स्थिर ब्याजदरको कर्जामा भने दोहोरो अंकको ब्याजदर कायम गरेको जनाएको छ। यस्तै लक्ष्मी सनराइज बैंकले न्यूनतम ७.४७ देखि अधिकतम ११.९९ प्रतिशत स्थिर ब्याजदरमा अटो कर्जा दिइरहेको जनाएको छ ।दशैं अघि सम्पन्न भएको सवारी साधनको प्रदर्शनको अवसरमा बजार प्रवद्र्धनका लागि बैंकहरूले ल्याएको अटो लोन अफर स्किमलाई निरन्तर दिँदै यस्तो सहुलियत कर्जा दिइरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij