Logo

Oct 12 2025 | २०८२, असोज २६गते

Oct 12 2025 | २०८२, असोज २६गते

images

१२ दिनका लागि ९० अर्ब रुपैयाँ बराबरको तरलता सोस्दै राष्ट्र बैंक

१२ दिनका लागि ९० अर्ब रुपैयाँ बराबरको तरलता सोस्दै राष्ट्र बैंक

  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट मंगलबार ९० अर्ब रुपैयाँ तान्न लागेको छ ।बैंकिङ प्रणालीमा बढेको तरलता राष्ट्र बैंकले १२ दिनका लागि ९० अर्ब रुपैयाँ सोस्न लागेको हो ।

    तरलता तान्न केन्द्रीय बैंकले उपयोग गर्ने निक्षेप संकलन उपकरणको प्रयोग गरी  बैंकिङ प्रणालीबाट १२ दिनका लागि ९० अर्ब रुपैयाँ तान्न लागेको राष्ट्र बैंकले सार्वजनिक सूचनामा जनाएको छ ।  सूचना अनुसार कात्तिक २ गते साँवा तथा ब्याज भुक्तानी गरिनेछ ।

    बोलकबोलको माध्यमबाट ब्याजदर निर्धारण हुनेछ । राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न सकिने छ ।उक्त निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । यसका लागि मंगलबार दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ ।

    निक्षेप संकलनको बोलकबोल ब्याजदरमा हुने छ । साथै, बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij