
काठमाडौँ । मंगलबार सुनको मूल्यमा वृद्धि भई प्रतितोला २ लाख ३५ हजार ४ सय रुपैयाँ कायम भएको छ ।सुनको भाउ तोलामा २ हजार३ सय रुपैयाँ बढेर प्रतितोला २ लाख ३५ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिन २ लाख ३३ हजार १ सय रुपैयाँ थियो । दिनदिनै सुनको मूल्य बढ्दै जाँदा नयाँ रेकर्ड बनिरहेको छ ।चाँदी अघिल्लो दिनकै मूल्यमा कारोबार भएको छ । प्रतितोला २ हजार ९६० रुपैयाँमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको यो मूल्य पनि हालसम्मकै उच्च हो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij