Logo

Oct 14 2025 | २०८२, असोज २८गते

Oct 14 2025 | २०८२, असोज २८गते

images

अख्तियार प्रमुखसहित ५२ संवैधानिक नियुक्ति खारेजीको माग गर्दै जेनजी आन्दोलनमा

अख्तियार प्रमुखसहित ५२ संवैधानिक नियुक्ति खारेजीको माग गर्दै जेनजी आन्दोलनमा

  • काठमाडौँ । जेनजीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखसहित ५२ संवैधानिक नियुक्ति खारेज गर्न माग गरेका छन् ।यसैक्रममा ‘जेनजी मुभमेन्ट अलायन्स’ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईको राजीनामा माग गर्दै निवेदन दर्ता गराएको हो । 

    विभिन्न जेनजीहरुको समूहको रूपमा रहेको जेनजी मुभमेन्ट अलायन्सले मंगलबार अख्तियारमै पुगेर निवेदन दर्ता गरायो ।अलायन्सले राईसहित सबै आयुक्तहरूले समेत तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन् । 

    अलायन्सले आयुक्तहरूको नियुक्तिको प्रक्रियामा गम्भीर प्रश्न उठाएको छ । अलायन्सले खुला आवेदन प्रक्रियामार्फत योग्यता र क्षमता भएका नागरिकहरूलाई नयाँ प्रमुख आयुक्त नियुक्त गर्न सरकारसँग माग गरेको छ ।जेनजी अख्तियारमा जाने भएपछि सरकारले  त्यसक्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको थियो ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij