
काठमाडौँ । यो दशैंमा काठमाडौं उपत्यकामा सवा अर्ब बढी रुपैँयाको खसीबोका बिक्री भएको छ ।जनाइए अनुसार १ अर्ब ३० करोड रुपैयाँ बराबरको खसीबोका बिक्री भएको हो ।
दशैंको एक सातामा नेपाल व्यावसायिक बाख्रापालक महासंघले ४५ हजार संख्यामा खसीबोका बिक्री गरेको जानकारी दिएको छ ।महासंघ अध्यक्ष गोविन्द सुवेदीले जनाए अनुसार ५० हजार संख्यामा बिक्रीको लक्ष्य राखे पनि केही कम बिक्री भएको छ ।गत वर्ष दशैंमा ५० हजार खसीबोका बिक्री भएको थियो । यसपालि गत वर्षको तुलनामा खसीबोका खपत अलि कम भयो ।
यस वर्ष सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंमा खसीबोका र च्यांग्रा बिक्री नगर्ने निर्णय गरेको थियो । मुख्य सडक खण्डहरू अवरुद्ध हुनु र देशमा देखिएको राजनीतिक अस्थिरता (जेनजी आन्दोलन) कारण देखाउँदै कम्पनीले यस्तो निर्णय गरेको थियो ।
यसअघि कम्पनीले दशैंका लागि करिब ४ करोड ७७ लाख रुपैयाँ बराबरका १ हजार ३ सय बढी खसीबोका र च्यांग्रा खरिद गर्ने तयारी गरेको थियो । खाद्य कम्पनीले खसीबोका नबेच्ने निर्णय गरेपछि निजी व्यवसायीले बिक्री गरेका थिए ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij