Logo

Oct 12 2025 | २०८२, असोज २६गते

Oct 12 2025 | २०८२, असोज २६गते

images

नेपालको आर्थिक वृद्धिदर २.१मा सीमित हुने विश्व बैंकको पूर्वानुमान

नेपालको आर्थिक वृद्धिदर २.१मा सीमित हुने विश्व बैंकको पूर्वानुमान

  • काठमाडौँ ।  नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित हुने अनुमान  गरिएको छ । विश्व बैंकले चालु वर्षमा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित हुनसक्ने अनुमान गरेको हो  । दक्षिण एसियाली क्षेत्रको आर्थिक अवस्थाको झलक सार्वजनिक  गरी  विश्व बैंकले  नेपालको अर्थतन्त्र शिथिल भएर आर्थिक वृद्धिदर २.१ प्रतिशतमात्रै हुने जनाएको छ ।

    नेपालमा हाल देखिएको अस्थिरता तथा बढ्दो राजनीतिक र आर्थिक अनिश्चितताका कारण आर्थिक वृद्धिदर आगामी आर्थिक वर्ष २०८२/८३ मा घटेर २.१ प्रतिशतमा सीमित हुने पूर्वानुमान सो प्रतिवेदनमा  गरिएको छ । यसको सम्भावित दायरा ऋणात्मक १.५ देखि २.६ प्रतिशतसम्म रहने अपेक्षा गरिएको छ ।अन्तर्राष्ट्रिय पर्यटक आगमनमा तीव्र गिरावट आउने र सम्पत्ति नोक्सानीका कारण बीमा क्षेत्र प्रभावित हुने अनुमान विश्व बैंकले गरेको छ । 

    लगानीकर्ताको कमजोर विश्वासका कारण निजी लगानी र जलविद्युत् बाहेकका निर्माण कार्यमा अवरोध आउने सम्भावना बढी रहेको जनाइएको छ । धान उत्पादनका लागि प्रमुख प्रदेशमा ढिलो वर्षा सुरु भएकाले कृषि क्षेत्रमा पनि प्रतिकूल प्रभाव पर्ने आकलन छ ।  तर पुनर्निर्माणका प्रयासहरूले आर्थिक पुनरुत्थानलाई बल प्रदान गर्ने विश्वास गरिएको छ । जसले  आगामी आर्थिक वर्ष २०८३/८४ मा सहयोग पु¥याउने र २०८४/८५ सम्ममा वृद्धिको गति बढ्ने अनुमान गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij