
काठमाडौँ । पर्यटक आगमनको दृष्टिकोणले आकर्षक मानिने मौसममा पर्ने सेप्टेम्बरको महिनामा पर्यटक आमगनमा कमी आएको छ ।जेनजी आन्दोलनले नेपालको पर्यटक आगमनको मुख्य सिजनमा नै पर्यटकको आगमनको संख्या ह्वात्तै घटेको हो । यो वर्षको सेप्टेम्बरमा हवाई मार्ग हुँदै ७८ हजार ७ सय ११ विदेशी पर्यटक नेपाल आए ।
यो संख्या गत सेप्टेम्बरको तुलनामा १८.३ प्रतिशतले घटी हो । नेपाल पर्यटन बोर्ड अनुसार गत सेप्टेम्बरमा ९६ हजार ३सय २ पर्यटक नेपाल आएका थिए । नेपालमा भदौ २३ र २४ गते जेनजीले गरेको आन्दोलनका कारण नेपालमा आउने पर्यटकको संख्या घटेको हो ।आन्दोलनका कारण नेपालमा आउन लागेका धेरै पर्यटकले गरिसकेको होटल बुकिङ पनि रद्द गरेका थिए । आन्दोलनका क्रममा कतिपय होटलमा तोडफोड तथा आगलागी भए ।तिनका समाचार प्रसारण भए । बुकिङ गरेका पर्यटकहरूले बुकिङ क्यान्सेल गरे । पर्यटक बसेका होटलमा आगलागी हुँदा पर्यटक आगमन घट्नु स्वाभाविक भएको व्यवसायीहरु बताउँछन् । जनाइए अनुसार अष्ट्रेलिया र न्यूजिल्याण्डबाट नेपालमा आउने पर्यटकको संख्या बढेको छ । बाँकी देशबाट आउने पर्यटकको संख्या घटेको छ ।
नेपालमा आएका पर्यटकमध्ये १९.८ प्रतिशत हिस्सा भारतीयको रहेको छ । बंगलादेश ३.८ प्रतिशत, भुटान, १.१ प्रतिशत, श्रीलंकाबाट आउनेको संख्या ५.९ प्रतिशत रहेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij