Logo

Nov 15 2025 | २०८२, कात्तिक २९गते

Nov 15 2025 | २०८२, कात्तिक २९गते

images

नेप्से परिसूचकमा बुधबार पनि गिरावट, ४५.३६ अंकको गिरावट भई नेप्से परिसूचक २५५९.५९ बिन्दुमा

नेप्से परिसूचकमा बुधबार पनि गिरावट, ४५.३६ अंकको गिरावट भई नेप्से परिसूचक २५५९.५९ बिन्दुमा

  • काठमाडौँ । शेयर बजारमा बुधबार ४५.३६ अंकको गिरावट भई नेप्से परिसूचक २५५९.५९ बिन्दुमा झरेको छ ।शेयर बजारमा  गिरावटले बुधबार पनि निरन्तरता पाएर नेप्से थप झरेर २५५९.५९ बिन्दुमा झरेको हो ।मंगलबार ५८.५५ अंकको  गिरावट भएको थियो । 

    बुधबार २३२ कम्पनीको शेयर मूल्य घटेको छ। प्रभु इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन्।होटल र फाइनान्स उपसमूहको सूचक ३ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ।

    बजारमा ५ अर्ब ७६ करोड २७ लाख रुपैयाँको शेयर  खरिदबिक्री भएको छ। नेपाल रिइन्स्योरेन्सको सबैभन्दा धेरै २६ करोड १६ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
    राजनीतिक अन्योल बढेका कारण लगानीकर्ताले बजारप्रतिको विश्वास गुमाउँदा नेप्से झरको विश्लेषकहरुले बताएका छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij