Logo

Oct 12 2025 | २०८२, असोज २६गते

Oct 12 2025 | २०८२, असोज २६गते

images

जेनजी शहीद परिवारका एक जनालाई रोजगारी दिने चौधरी ग्रुपको घोषणा

जेनजी शहीद परिवारका एक जनालाई रोजगारी दिने चौधरी ग्रुपको घोषणा

  • काठमाडौँ ।  चौधरी समूह (सीजी ग्रुप)ले जेनजी आन्दोलनका प्रत्येक शहीद परिवारका एक सदस्यलाई रोजगारी दिने घोषणा गरेको छ।सीजी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले बुधबार सामाजिक सञ्जालमार्फत यस्तो घोषणा गरेका हुन् ।

    प्रबन्धक निर्देशक चौधरीले भनेका छन् ‘जेनजी आन्दोलनका शहीदप्रति चौधरी ग्रुपका तर्फबाट हार्दिक श्रद्धाञ्जली एवं परिवारजनप्रति गहिरो समवेदनाका साथ उच्च सम्मान व्यक्त गर्दछाँैं। आन्दोलनका क्रममा हाम्रो निजी निवास, कार्यालय, शोरूम र कारखानाहरूमा भएको ठूलो क्षति र विध्वंसले हामीलाई गहिरो पीडा दिएको छ । यो पीडादायी घडीमा पनि हामी दृढ आत्मविश्वासका साथ पुनर्निर्माणको यात्रामा अघि बढेका छौँ । यस कठिन समयमा चौधरी ग्रुप शहीद परिवारप्रति उच्च सम्मान व्यक्त गर्न निम्न अनुसारको प्रतिबद्धता व्यक्त गर्न चाहन्छ– जेनजी आन्दोलनका प्रत्येक शहीद परिवारका एक सदस्यलाई हामी रोजगारी प्रदान गर्नेछौँ । यो केवल हाम्रो वाचा मात्र होइन, हाम्रो गहिरो कर्तव्य र श्रद्धा हो।’

    प्रबन्ध निर्देशक चौधरीले  रोजगारी दिनका लागि शहीद परिवारलाई आफ्नो ग्रुपले सम्पर्क गर्ने बताएका छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij