
काठमाडौँ । घोषित मितिमा निर्वाचन सम्पन्न गराउन निर्वाचन आयोगले दलहरूसँग छलफल गर्ने तयारी गरेको छ ।फागुन २१ मा तय भएको प्रतिनिधि सभाको निर्वाचन सम्बन्धमा छलफल गर्न दलहरूलाई निर्वाचन आयोगले असोज ३० गते बोलाउने तयारी गरेको हो ।
निर्वाचनको मिति घोषणा गरेर कार्यतालिका सार्वजनिक गर्दा समेत दलहरुलाई छलफलका लागि नबोलाएको भन्दै सरकार र निर्वाचन आयोगको आलोचना भइरहेको बेला आयोगले यो छलफलको आयोजन गर्न लागेको छ ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले असोज ३० को छलफलका लागि तयारी गरिए अनुसार औपचारिक पत्र पठाइने बताएका छन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij